No.1 News Portal from Sudurpashchim Province
bajaj

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

गोकुलेश्वर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत, दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सांसद चौधरीले रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालतमा रिट दायर गरेका थिए । त्यस्तै, माघ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो । दुवै रिटमाथि बुधबार भएको सुनुवाइमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीशद्वय देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीर गरेको हो ।चौधरीले जिल्ला अदालत कैलालीबाट भिडियो प्रविधि मार्फत बयान दिएका थिए । उहाँले आफूमाथि अन्याय भएको जिकिर गर्नुभयो ।

pm office

 

उहाँले भन्नुभयो म फरार होइन, १० वर्षदेखि त्यहि ठाउँमा बसेर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको थिए। तर, मलाई अपरणको शैलीमा पक्राउ गरि मेरो चरित्र हत्या गरियो, मलाई न्याय चाहिन्छ ।’

थरुहट आन्दोलनका क्रममा २०६६ भदौ ३ गते ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महीना कैद र आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.