गोकुलेश्वर । आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यतालिका बमोजिम संचालन भई रहेको नेपाली सेनाको सैन्य तथा अधिकृत पदको भर्ना प्रक्रिया स्थगित गरिएकोमा उक्त परिक्षाहरु पुनः संचालन हुने भएका छन् ।सरकारी विज्ञापनहरुमा थारु समुदायका लागि पनि कोटा निर्धारण गर्नुपर्ने माग राख्दै थारु कल्याणकारीणी सभाका केन्द्रीय महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले सर्वोच्च अदालयमा रिट निवेदन हालेका थिए ।

सोही कारण रोकिएका परिक्षाहरु पुनः संचालन गर्न माघ २४ गते सर्वोच्च अदालतले आदेश दिए बमोजिक परिक्षाहरु पुनः संचालन गरिने नेपाली सेनाको गुरु गोरख गुल्म खलंगाले जनाएको छ ।
खलंगा व्यारेकमा सैन्य पदको लागि दरखास्त दिएकाहरुले यहि फागुन १० गते विहान ११ बजे भर्ना केन्द्रमा सम्पर्क राख्न सूचना जारी गरिएको छ ।



