गोकुलेश्वर । कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया बसपार्कबाट बाघको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका – ५ का १८ बर्षीय सुबाश बोहरा र १७ बर्षीय सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाघको छाला पुच्छर सम्मको लम्बाई ३ फिट, चौडाई ५ ईन्च रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा दुवै जनालाई पक्राउ गरेको छ । दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।



