गोकुलेश्वर। प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन् ।

सोमबार उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।
त्यस अघि दाहालले दोधारा चाँदनी–१ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर सो स्थलको निरीक्षण गरेका थिए ।सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए।



