गोकुलेश्वर। यातायात व्यवसायीले ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरेका छन् ।
ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरले माछा पोखरी बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

उनीहरू सवारी साधन सडकमा तेर्साए बालाजु चोकमा सडक अवरुद्ध गरेका हुन् । आन्दोलित मजदुरहरूले प्रहरीको गाडी समेत तोडफोड गरेका छन् । पाँच पटक सम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियम विरुद्ध यातायात व्यवसायीले सडक अवरुद्ध गरेका हुन्।
बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ ।
काठमाडौं उपत्यका प्रहरी प्रवक्ता सानु भट्टराईका अनुसार यातायात व्यवसायीहरूले पार्किङ जुन सुकै ठाउँमा गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन् ।



