गोकुलेश्वर। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंकहरू खुलाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखेर सेवा दिन आग्रह गरेको हो ।

आज नगद कारोबार, चेक क्लियरिङ लगायत अति आवश्यक सेवा प्रदान गर्न राष्ट्र बैंकले सुचना मार्फत जानकारी गराएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध दिवस’का दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आज बिदा दिने निर्णयको चौतर्फी विरोध भैरहेको छ।



