No.1 News Portal from Sudurpashchim Province
bajaj

वैशाख १० गते चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय

गोकुलेश्वर। निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

pm office

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.