No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय शेखरचन्द्र ओझालाई दिने निर्णय

गोकुलेश्वर दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छैटौँ शेखरचन्द्र ओझालाई दिने निर्णय गरिएको छ । लेकम गाउँपालिका गाउँकार्यपालिकाको बैठकले ओझालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

pm office

लेकम गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतले आर्थिक र प्रशासकीक काम गर्दै आउनुभएको छ ।

लेकम गाउँपालिका वडा नं। ४ स्थायी घर भएका ओझा दार्चुलाको व्याँस गाउँपालिकामा करिब १ बर्ष ४ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा एक बर्ष ३ महिना जिम्मेवारी बहन गरि लेकम गाउँपालिकामा ५ महिना अघि प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए ।

ओझालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न संघीय मामिला मन्त्रालयबाट स्वीकृती माग गरिएको छ । लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताए

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.