No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

गोकुलेश्वर  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस राख्दै विशेष पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने बताएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ । गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ ।

pm office

तर, बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन् । मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उनले सामाजिक संन्जालमा  ,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ ।

पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश  विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’ लेखेका  छन्

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.