No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम -२ का वडा सदस्य बिरेन्द्रले दिए मदिरा सेवन गरी कर्मचारीहरुलाई ज्यान मार्ने धम्की

गोकुलेश्वर।दार्चुलाको लेकम गाउँपालिकाका एक जना जनप्रतिनिधिले मदिरा सेवन गरी गाउँपालिकाका कर्मचारीहरुलाई गाली गलौच गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन्।

वडा नं. २ गराडीका स्थानीय समेत रहेका निर्वाचित वडा सदस्य बिरेन्द्र सिंह कार्की (बीरे) ले मंगलबार कार्यालय समयमै कर्मचारीहरुसँग दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

उनले प्लाष्टिकको कुर्सी कर्मचारीमाथि प्रहार गरेको र ती सम्पूर्ण दृष्यहरु पालिकाको सिसि टिभी क्यामेरामा कैद भएको पालिकाका एक कर्मचारीले बताए । पालिकामा कार्यरत कर्मचारीहरुले कार्कीलाई कानूनी कारवाही नगरुन्जेल योजना सम्झौतालगायतका कामहरु रोकेका छन् ।

pm office

उनीहरुले घटनाबारे सोही दिन प्रहरी चौकी रातामाटालाई जानकारी गराएपनि कारबाही नभएको गुनासो गरेका छन्। पालिका अध्यक्ष रामदत्त जोशीलाई पनि ज्ञापनपत्र दिदै कार्कीमाथि कारबाहीको माग गरिएको छ।

यसअघि पनि यस्ता घटना हुने गरेको र ती घटना सामान्य मिलेमतोमा टुंगिने भएकाले पनि जनप्रतिनिधिहरुको मनोबल बढेकाले सख्त कारबाहीका लागि ज्ञापनपत्रमा माग गरिएको छ।

ज्ञापनपत्र

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.