No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाडमा तेस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

गोकुलेश्वर। दार्चुलाकोे नौगाड गाउँपालिकाले तेस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरेको छ ।

मंगलबार (आज) नौगाड गाउँपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु गरिएको गाउँपालिकाका प्रवत्ता राजेन्द्रसिंह बोहराले जानकारी दिए ।

pm office

उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४ स्थित गणेश विनायक मावि सिप्टीमा सुदूरपश्चिम प्रदेश सदस्य तथा पुर्व वन तथा वातावरण मन्त्री मानबहादुर धामीको प्रमुख आथित्यतामा उद्धघाटन गरिएको हो ।

प्रतियोगिताको उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले खेलकुदको विकाशले विद्यार्थीहरुमा सकारात्म परिवर्तन हुने बताए । शिक्षा संगै खेलको समेत विशेष महत्व हुने भएकाले यी दुवैलाई जोडर लैजानुपर्ने उनको भनाई छ ।

पहिलो दिन उद्धघाटन कार्यक्रम पूर्व विभिन्न विद्यालयबाट प्रतियोगितामा सहभागि खेलाडीहरुले मार्चपास गरेका हुन् ।एथलेटिक्स,भलिवल, कपड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरु हुनेछन् । एथलेटिक्समा दौड,रिले दौड, र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रो का खेल समावेश गरिएको प्रवत्ता बोहराले बताए ।

पालिका भित्रका ७ ओटा मावि विद्यालयका विद्यार्थीहरुका विच सहभागी गराई उक्त प्रतियोगीता सञ्चालन गरिएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.