No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेशका थोरै भू–भागमा हल्का वर्षा र मध्यम हिमपात

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशका थोरै भू–भागमा हल्का वर्षा र मध्यम हिमपात भइरहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको भइरहेको छ ।

pm office

हाल देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.