गोकुलेश्वर। दुवै मिर्गौला खराब भएका बैतडीको डिलाशैनी गाउँपालिका—५ बासीगाउँ (भट्याडी) का १८ वर्षिय सन्तोष साउँदलाई डिलाशैनी युवा सञ्जाल(एसएनएस-२४)ले आर्थिक सहयोग गरेको छ ।
एसएनएस-२४ युवा सञ्जालको पहलमा संकलन गरेको ३८ हजार ३ सय ७४ रुपैया पीडितका परिवारलाई हस्तान्तरण गरिएको डिलाशैनी युवा सञ्जालका अध्यक्ष राजेन्द्र धामी (राधा)ले बताए ।
सो रकम हाल जापनमा रहेका युवा सञ्जालका अध्यक्ष राजेन्द्र धामी र युवा सञ्जालका सम्पुर्ण सदस्यहरुको नेतृत्वमा संकलन भएको एसएनएस-२४ ले जनाएको छ ।
आफु लगायत नेपाल,भारत र विदेशमा रहेका अन्य नेपालीगरी ४७ जनाबाट संकलन भएको युवा सञ्जालका अध्यक्ष धामीले बताए ।
मिर्गौला पीडित साउँदलाई उपचारका लागि आर्थिक अभाव भएको खबर पाएपछि हाम्रो युवा सञ्जालले देश विदेशमा रहेका सबै बन्धुहरुलाई सहयोगको आग्रह गरेका थियौं,’ अध्यक्ष धामीले भने, ‘देश विदेशमा रहेका सबैले सक्दो सहयोग गरे, अझै पनि हामी अन्य सहयोगी मनहरुमा अनुरोध गरिरहेका छौ ।’

मिर्गौला पीडित साउँदलाई सहयोग गर्न चाहनेहरुले कुमारी बैंकमा अनिभा साउँदको नाममा रहेको बैंक खाता नम्बर ०८८०१०८२१५९०००२ मा जम्मा गर्न सक्ने छन् । मिर्गौला पीडित साउँद हाल भारतको ब्याङ्लोरमा उपचाररत रहेका छन् ।
यसैगरी डिलाशैनी युवा सञ्जाल(एसएनएस-२४)ले डिलाशैनीका सबै युवाहरुलाई सञ्जालमा जोडिन आग्रह गर्दै युुवा सञ्जालले गर्ने काम र कर्तव्यहरु समेत सार्वजनिक गरेको छ ।
सहयोगीहरुको नाम :

डिलाशैनी युवा सञ्जाल (एसएनएस-२४)का माग,काम र कर्तव्यहरु :

(एसएनएस-२४) को कार्य सम्पादन समिति :




