No.1 News Portal from Sudurpashchim Province
bajaj

एमालेका रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेस गर्दै

गोकुलेश्वर। सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल दावी पेस गर्दै छन् । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरुलाई दाबी गर्न दिएको समय सीमा आज ५ बजे सकिँदै छ । सोही अनुसार सुदूरपश्चिमले आजै दोस्रो मुख्यमन्त्री पाउने भएको छ ।

pm office

एमालेका तर्फबाट संसदीय दलका नेतासमेत रहेका रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । रावललाई माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको छ । एमाले र माओवादी केन्द्रबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व एमाले पाएको हो ।

एमाले नेतृत्वमा बन्ने प्रदेश सरकारका पक्षमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ सांसद छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १९, नेकपा एकीकृत समाजवादीसँग ४ र एक जना स्वतन्त्र हैसियतका सांसद प्रदेश सभामा रहेका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.