No.1 News Portal from Sudurpashchim Province
bajaj

भारतको लखनउ बस दुर्घटना : मृतक तीनको परिचय खुल्यो

गोकुलेश्वर। भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटनामा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ। दुर्घटनामा कैलालीको टीकापुरका तीन जनाको परिचय खुलेको हो।

pm office

प्रहरीकाअनुसार टीकापुर नगरपालिका -१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन्। अन्य १७ जना घाइते भएका छन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको थियो। प्रारम्भिक जानकारीअनुसार बसमा ४ जना नेपालीको मृत्यु भएको खबर छ।

बसमा सवार अन्य केही घाइते भएका छन् । बसमा ६६ जना यात्रु रहेको खबर आएको छ । लखनउदेखि ३० किलोमिटर अगाडी बस दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको थियो। बसको नम्बर खुल्न सकेको छैन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.