No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर १० वर्षिय बालक बेपत्ता

गोकुलेश्वर दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर १० वर्षिय बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ती बालक बिहीबार बिहान बेपत्ता भएका हुन् । तर प्रहरीमा भने शनिबार मात्रै खबर आएको हो । बेपत्ता हुने बालक व्यास गाउँपालिका – ४ डोकटको हुन् ।

pm office

उनकी आमा त्यसअघि नै खर काट्नका लागि भारतीय जंगलमा गएकी थिइन् । त्यसपछि उनी पनि आमालाई पछ्याउँदै त्यसतर्फ हिँडेका थिए । तर उनी तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

ती बालक दार्चुलाकै बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्थे । खबर प्राप्त भएपछि प्रहरीको टोली बालकको खोजीमा लगिरहेको बताइएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.