No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा माटोको डिस्कोमा पुरिएर दुई महिला घाइते

गोकुलेश्वर। दार्चुलामा माटोको डिस्कोमा पुरिएर दुई महिला घाइते भएका छन् । शनिबार (आज) जिल्लाको लेकम गाउँपालिका ५ मैखोली अम्कुरका इश्वरी जोशी र माहाना जोशी घाइते भएका हुन् ।

pm office

लेकम गाउँपालिकाको केन्द्र रातामाटामा नजिक माटो खन्ने क्रममा डिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् ।माटोको डिस्कोले पुरिएर गम्भीर घाइते भएकी इश्वरी जोशीलाई उद्धार गरेर लेकम गाउँपालिकाको एम्बुलेन्सबाट उपचारको लागि गोकुलेश्वर ल्याइएको छ ।

यसैगरी अर्की घाइते माहाना जोशीको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.