No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका सुरेन्द्र पालको सम्भावना प्रवल

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएकाले नेकपा एमालेले मुख्यमन्त्री पाउन सक्ने आकलन गरिएको छ ।

एमालेको तर्फबाट मुख्यमन्त्रीमा बैतडी प्रदेशसभा ‘क’ बाट निर्वाचित सुरेन्द्र पालको सम्भावना बलियो रहेको एमाले नेताहरु बताएका छन् ।

pm office

यसअघि पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले भागबण्डामा क्रममा एमालेले मुख्यमन्त्री पाउन सक्ने सम्भावना बलियो रहेको नेताहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जनाको समर्थन चाहिने छ । जसमा नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७) र राप्रपा(१) गरेर २९ सिटसहित नेकपा एमाले नेतृत्वको नयाँ गठबन्धन सरकार बन्ने भएको हो ।

अब यहाँ नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्नेछ भने नेकपा (एकीकृत समाजवादी) पनि प्रतिपक्षीमा पुगेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.