No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिममा पनि एमाले नेतृत्वको गठबन्धनलाई सरकार गठनका लागि बहुमत

गोकुलेश्वर  सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ ।

pm office

रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो ।

सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी केन्द्र (११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा(१) गरेर २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट सबै दलहरुबीचको सहमतिका आधारमा हुने बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.