
गोकुलेश्वर कञ्चनपुरमा नाबालिका छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। मंगलबार राति जिल्लाको दोधाराचाँदनी नगरपालिका का २७ वर्षीय बुवा पक्राउ परेका हुन्।
१० वर्षीया छोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ। घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।



