No.1 News Portal from Sudurpashchim Province
bajaj

सागर ढकालको सहयोगमा शैल्यशिखरका २७ जना टुहुरा बालबालिकालाई ज्याकेट वितरण

गेकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाभित्रका २७ जना टुहुरा बाल बालिकालाई न्यानो ज्याकेट वितरण गरिएको छ ।

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकाल र महेशसिंह धामीको सहयोगमा शैल्यशिखर नगरपालिका – ९ को बादी समुदायका २७ जना टुहुरा बाल बालिकालाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

pm office

चिसोको समयमा विशेष गरी विपन्न,टुहुरा बालबालिकालाई बढी प्रभावित हुने कुरालाई ध्यानमा राखेर उनीहरुलाई न्यानो ज्याकेट वितरण गरिएको वितरण कार्यक्रमका संयोजक नरेश बिष्टले जानकारी दिनुभयो । विपन्न बालबालिकाहरले चिसोबाट बच्न ज्याकेट वितरण गरेकोप्रति सागर ढकाललाई धन्यवाद व्यक्त गरेका छन् ।

ज्याकेट वितरण कार्यक्रममा नरेश बिष्ट, लोकेश भण्डारी,हेमन्त ओझा,राजेन्द्र पन्त,मदन भण्डारी,सुवास ऐर,राजुसिंह खत्री,दिपक साउँद गायतको उपस्थिति रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.