No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा एकजना शिक्षक मृत फेला

गोकुलेश्वर। बैतडीमा एकजना शिक्षक मृत फेला परेका छन् । कृष्ण मावि पाटनमा कार्यरत अन्दाजी ५५ वर्षीय शिक्षक धनबहादुर बिष्ट मृत फेला परेका हुन् ।

pm office

मृतक शिक्षकको घर सुर्नया गाउँपालिका -२ रहेको छ । उनी शनिबार दिउँसो कृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

पाटनमा बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.