No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका ग्रार्मिण सडक खण्डमा चर्को भाडा असुल्दै , गाडि चालक

गोकुलेश्वर. दार्चुलाको गोकुलेश्वर देखि रिठाचौपता सडक खण्डमा ३५० रुपयाँ गाडि भाडा निर्धारण गरिए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

गोकुलेश्वर देखि रिठाचौपता सम्मको भाडा ३५०रुपयाँ तोकिए पनि ५०० रुपयाँ तिरेर यात्रा गर्नु परेको स्थानिय हरुले बताएका छन । करिब ३ महिना अगाडि मात्रै निर्धारण गरिएको भाडा को कार्यानव्यन नभएको स्थानियहरुले गुनासो पोखेका छन ।

pm office

उक्त समस्याले गर्दा सथानियहरुलाई यात्रा गर्न कठिन भएको बताइएको छ । ३५० रुपयाँ गाडी भाडा लिनुपर्ने ठाँउमा ५०० रुपयाँ लिदा आफुहरु मारमा परेको स्थानियहरुले बताएका छन ।

यो बिषयमा स्थानिय प्रशासन मौन रहेको बुझिएको छ । यो बिषयमा रेडियो चोलानि टुडेले जिल्ला प्रशासन संग बुझ्दा खेरी आफुहरुलाई कुनै जानकारी नआएको र यदि निर्धारण गरिएको भाडा भन्दा बढि भाडा लिएमा जिल्ला प्रशासनमा खबर गन आग्रह गरिएको छ ।

गाडिमा सवार यात्रा गर्ने हरुलाई टिकट बिना यात्रा नगर्न भनिएको छ । यदि टिकटमा ५०० भाडा दर उल्लेख गरिएको पाइएमा उक्त सवारी धनी, र सवारी चालक लाई कारवार्हि गर्न तयार रहेको सहायक जिल्ला अधिकारी हेमन्ति साउदको भनाई रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.