No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस को अग्रता.

गोकुलेश्वर, शनिबार बिहानसम्मको मतगणनामा बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुआतदेखि नै अग्रता लिएका छन्। उनले ११ हजार ७६ मत पाएका छन्।

pm office

उनका प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार कर्णबहादुर थापाले आठ हजार ८५२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जंगिलाल गिरीले २२ मत पाएका छन्।

त्यस्तै, स्याङ्जा(२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले पनि अग्रता बढाउँदै लगेका छन्। उनले २२ हजार ४८० मत पाएका छन्।

प्रतिस्पर्धी एमाले उम्मेदवार पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार २३८ मत पाएका छन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.