गोकुलेश्वर। दार्चुलाको व्याँस गाउँपालिका–४ का ४० वर्षीय नरसिंह विष्ट (नरेन्द्र) को हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न स्थानीय २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरिएको छ । पक्राउ परेका दिपकलाई जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। ।

मंसिर ३ गते दार्चुला तिंकर सडकमा दुबै जना मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका रहेछन्, उनीहरुबीच आपसमा विवाद भएपछि दिपकले नरसिंहको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको खुलेको छ,’ उनले भने ।
दिपकले हत्या पश्चात नरसिंहको शवलाई २ सय मिटर टाढा खोलामा फालेर ढुंगाले च्यापेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए । उनी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका मृतक नरसिंह प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न गाउँ गएका बेला घटना भएको थियो ।



