गोकुलेश्वर। दार्चुलामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।जिल्लाको शैल्यशिखर नगरपालिका—८ तल्चौंरा (जुग्यापानी) बस्ने बिरेन्द्र जोशीका अन्दाजी १७ वर्षीय छोरा हरिश जोशीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

घरबाट सोही वडाको मट्युला (सिमलखेत) खर्क गएका हरिशले खर्क नजिकै अन्दाजी ५० मिटर टाढा चिउरीको रुखमा झुण्एिर आत्महत्या गरेका हुन् ।
मृतक किशोर गलैनाथ मावि झरकाँडामा कक्षा ११ मा अध्यनररत रहेका थिए । मृतक किशोरको शवलाई पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा ल्याइएको छ ।



