
गोकुलेश्वर।डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा डडेलधुराबाट सातौं पटक निर्वाचित भएका हुन् ।
उनले २५ हजार ५ सय ३४ मत ल्याउँदै प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत मात्रै पाए । यसैगरी नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले ७ हजार ५३५ मत पाएका छन् ।



