No.1 News Portal from Sudurpashchim Province
bajaj

‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन

गोकुलेश्वर। रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।

pm office

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, दलित अधिकारको क्षेत्रमा सक्रिय युवा विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान मृत्यु भएको छ ।

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किदाँ सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको हो । उनको घर चितवन राप्ती नगरपालिका–४ डडुवा रहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.