गोकुलेश्वर।दार्चुलामा मतगणना अझै शूरु हुन सकेको छैन् ।
सर्वदलीय बैठक बसेर मतगणना सुरुहुने बताएको भएपनि अहिलेसम्म मतगणना शूरु हुन सकेको छैन् ।
व्याँस गाउँपालिकाका चार वटा केन्द्रको मतपेटिका बाटोमै रहेको र सबै मतदान केन्द्रको मतपेटिका आइपुगेलगत्तै मतगणनाहुने जनाएको छ ।

मतपेटिका संकलन भइसकेपछि जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा मतगणना हुने भएको छ ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दार्चुलामा ६५ प्रतिषत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दार्चुलाले जनाएको छ ।
दार्चुलाको मतदाता संख्या र खसेको मतको प्रारम्भीक विवरण अनुसार ८९ हजार १५४ मतदाता रहेकोमा ५८ हजार ५८ अर्थात ६५ प्रतिषत बढी मत खसेको छ ।
महाकाली नगरपालिकामा १३ हजार ६४३ मतदाता रहेकोमा आठ हजार ८३४,मालिकार्जुन गाउँपालिकामा ११ हजार ४०१ मतदाता रहेकोमा छ हजार ९९८ मत र शैल्यशिखर नगरपालिकामा १४ हजार ५०० सय मतदाता रहेकोमा नौँ हजार ६६५ मत खसेको छ ।
यसैगरी लेकम गाउँपालिकामा नौँ हजार ८०५ मतदाता रहेकोमा पाँच हजार ६२३ मत, व्याँस गाउँपालिकामा सात हजार ९५५ मतदाता रहेकोमा चार हजार ८६५ ,दुहुँ गाउँपालिकामा आठ हजार ३४४ मतदाता रहेकोमा पाँच हजार १८५,अपि हिमाल गाउँपालिकामा चार हजार ६५१ मतदाता रहेकोमा तीन हजार ७७५,मार्मा गाउँपालिकामा नौँ हजार २३३ मतदाता रहेकोमा छ हजार ३४६ र नौगाड गाउँपालिकामा नौँ हजार ७३६ मतदाता रहेकोमा छ हजार ६६७ मत खसेको बताइएको छ ।



