गोकुलेश्वर। बाजुरामा एक जना हत्या भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको मृत्यु भएको हो ।
आइतबार राति विवाद हुँदा कुटपिटबाट ऐडी घाइते भएका थिए । उनलाई राति प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । अस्पताललले मृत घोषणा गरेको हो ।

ऐडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । ऐडी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको खुलेका छ ।
दिउँसो कांग्रेस कार्यकर्तासंग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको आशंका गरिएको छ । यसअघि आइतबार मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो ।
दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । गोली लागेर २३ वर्षीय युवक सञ्जिव ऐडीको ज्यान गएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।



