No.1 News Portal from Sudurpashchim Province
bajaj

छाङरु र तिङ्करबाशीले सदरमुकाम खलङ्गाबाट भोट हाल्न पाउने

दार्चुला।जिल्लाको व्याँस गाउँपालिका—१ छाङरु र तिङ्कर गाउँका मतदाताले सदरमुकाम खलङ्गाबाट भोट हाल्न पाउने भएका छन् ।

अहिले व्याँसमा चिसो बढेकाको कारणले ती ठाउँहरुका अधिकांश मतदाता खलङ्गा झरिसकेकाले सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

pm office

वडा कार्यालयको सिफारिसको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै मतदान गर्ने व्यवस्था गर्न लागिएको हो । सबै सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको छ ।

छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिङ्करको केन्द्रमा दुई सय ३४ जना मतदाताले मंसिर ४ मा गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भोट हाल्न पाउने भएका छन् ।

 तिङ्करका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा र छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयबाट मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा नेपाली भूमिबाट छाङरू र तिङ्कर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.