No.1 News Portal from Sudurpashchim Province
bajaj

विकासको काम देखाउँदै एमाले

गोकुलेश्वर। मंसिर ४ गते हुने निर्वाचनको क्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले जिल्लाभरीका आमसभामा आफुले जिल्लाको लागि गरेका विकास निर्माणका कुरा सुनाउँदै जानुभएको छ । ६ महिना मन्त्री हुँदा र सांसद हुँदा सुरु गरेका काम र गर्न बाकी कामबारे जनतालाई सुनाउदै गएका छन् ।

दुई दशक गौचरन बनेको गोकुलेश्वर विमानस्थल पुर्ननिर्माण सुरु, दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, सुनसेरासम्म कालोपत्रे निर्माण कार्य अघि बढाएको, भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर चुच्चे नक्सा जारी गरेको, छांगरुमा सुरक्षाकर्मीको उपस्थिति गराएको अधिकांश भाषणमा सुनाउनुभएको छ ।

यस्तै पाँच सैययाको जिल्ला अस्पतालदेखि हरेक स्थानीय तहमा अस्पताल निर्माण सुरु गरेको, सुख्खाग्रस्त क्षेत्र लेकमको कुणीको १२ सय परिवारको लागि बृहत चमेलिया लिफ्टींग खानेपानी योजना सुरु गरेको, रानिशिखर भगवती क्षेत्रमा खानेपानी, सदरमुकाम खलंगामा शहरी खानेपानी देखि सबै स्थानीय तहमा एक घर एक धारा अभियान सुरु गरेको मन्तव्य सुनाउनुभएको छ ।

उहाँले जारी गरेको ९ बुद्धे प्रतिबद्धतामा पनि राष्ट्पति शैक्षिक सुधारमार्फत शिक्षामा लगानी, दुर्गम क्षेत्रका गर्भवती, घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार, ११ हजार जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताको कुरा उल्लेख गरिएको छ ।

खार खलंगा सडक, पारिबगर खण्डेश्वरी सडक, ग्रामीण सडक, विद्युत, जिल्लाभरी सञ्चारको पहुँचको लागि टेलिफोन पुर्याइएको, ठगुन्नाका कार्यकालका महत्वपूर्ण उपलब्धि हो ।

pm office

तर सत्तारुढ दलको गठबन्धन भने जनतालाई झुटा आश्वासनमात्रै बाँडिरहेको भन्दै सचेत रहन ठगुन्नाको आग्रह छ ।

मसँग हरेक कामको प्रमाण छ । तथ्यसहित हरेक कुरा बोलेको छु, उहाँले भन्नुभयो तर गठबन्धनका नेता पटकपटक सत्तामा पुगेपनि जिल्लाको लागि देखिने गरी काम गर्न नसकेको भन्दै झुटा आश्वासनमा नफसाँै ।

गठबन्धनका नेताहरुले जिल्लाको विकासको लागि के गरे । योजनामा कमिशन कमाउनुबाहेक अरु केही कामगर्न नसकेको भन्दै ठगुन्नाले भन्नुभयो, मंसिर ४ गते जनताले सही उम्मेदवार र पार्टी छान्नुपर्नेछ ।
गठबन्धनका दुई जना मन्त्री छन् ।

उनीहरुले अहिले ठूलो मात्रामा आर्थिक चलखेल गरेर जनताको मत किन्ने प्रयासमा लागेका छन् । उहाँले भन्नुभयो, जनताले पैसा खाएर असल पार्टी, राष्ट्को लागि काम गर्ने पार्टी, विकास गर्न सक्ने पार्टीमा मतदान गर्नुपर्छ । सक्षम र युवा नेतृत्व छनौट गरे मात्रै जिल्लाको विकास हुने भन्दै उम्मेदवार ठगुन्नाले भन्नुभयो, बयोबृद्धलाई मतदिएर पाँच वर्ष फेरि जिल्लालाई पछि नधेकेलौँ ।

यसैबीच घरदैलो कार्यक्रममा मार्मा गाउँपालिका वडा नम्बर २ मा पाँच जना नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा ०५४ सालदेखि नेपाली काग्रेसमा क्रियाशिल रहेका विरुवा भट्ट, नेकपा माओवादी केन्द्रका कमलेशसिह धामी, प्रेमसिह धामी, हरीपाल जागरी, अक्कल ठगुन्ना र चक्र महर नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिनुभयो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.