No.1 News Portal from Sudurpashchim Province
bajaj

‘चुनाव जिति सक्यौं,मतपेटिकामा हाल्न मात्रै बाँकी छ’:मन्त्री बडू

गोकुलेश्वर।दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार दिलेन्द्र प्रसाद बडूले लोकतान्त्रिक बामगठबन्धनले चुनाव जिति सकेको धारणा व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री समेत रहेका मन्त्री बडुले लोकतान्त्रीक बामगठबन्धनद्धारा दुहुँ गाउँपालिकामा आज आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै एमालेका नेता र कार्यकर्ताहरु गठबन्धनको जित निश्चित देखेर आत्तिएको बताए ।

अस्ती अपिहिमाल गाउँपालिका र आज नौगाड गाउँपालिकामा एमालेका कार्यकर्ताहरुले गठबन्धनका कार्यकर्ताहरुमा हातपात गर्ने कार्य गरेको भन्दै उनले गठबन्धनको पक्षमा जनलहर देखेर एमाले आत्तिएको बताए ।

pm office

‘हामीले चुनाव जिति सक्यौ मतपेटिकामा हाल्न मात्रै बाँकी छ, उनले भने ।’ आफुहरु चुनावी प्रचार प्रसारको क्रममा जिल्लाका सबै पालिका पुग्दा गठबन्धनको पक्षमा जनलहर रहेको भन्दै उनले मंसिर ४ गते विकास, समृद्धि, गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका सबै उम्मेदवारलाई मत दिन आग्रह गरे ।

मन्त्री बडुले मंसिर ४ गते हुन गइरहेको चुनाव मुलुकको शान्ति स्थायित्व कायम गर्ने, संविधान बचाउने, गणतन्त्रको रक्षा गर्ने चुनाव भएको बताउदै गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् ।

साथै उनले दुहुँ गाउँपालिकालाई आफु मन्त्री हुँदा संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष कार्यक्रम लागु गरिएको बताए । विषेश कार्यक्रम अन्तरगत तटबन्ध निर्माण र बस्ती जोगाउने कार्यहरु चुनाव लगत्तै गरिने बताए ।

बाढी र पहिरोले क्षतिग्रस्त भएका बस्ती, खानेपानी योजना, शिक्षा, स्वास्थ्यका संरचना लगायत पुर्वाधार निर्माणका लागि केहि बजेट आइसकेको तथा बाकी बजेट तुरुन्तै व्यवस्थापन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

दुहुँ गाउँपालिका — ५ चल्लेगाडामा सम्पन्न चुनावी आमसभामा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामी, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य लक्ष्मण दत्त जोशी, नेपाली काङ्ग्रेसका सभापति एवं संघिय समानुपातिक उम्मेदवार ललित सिह बोहरा, नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला इन्चार्ज एवं प्रदेश समानुपातिक उम्मेदवार लक्ष्मी बिक, मन्जु बमको आतिथ्यता रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.