गोकुलेश्वर। एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले एमालेको जितलाई कसैले अब छेक्न नसक्ने बताएका छन् ।
एमाले नौगाड गाउँकमिटीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री ठगुन्नाले यस्तो बताएका हुन् ।
जिल्लाभरी एमालेको पक्षमा जनलहर बढेको भन्दै उनले भने, ढुक्क भएर चुनावमा मतदन गर्नुहोस् । जनतालाई डराई धम्क्याएर केही नहुने भन्दै एमालेको जस्तो विकासको लहर ल्याएर देखाउन समेत उनले चूनौती दिए ।
‘एमाले जनताको पार्टी हो । सामाजिक सुरक्षा भत्ताले मात्रै दार्चुलाका ११ हजार आमा बुवाले घरमै बसेर भत्ता पाइराख्नुभएको छ,’ ठगुन्नाले भने । नौगाड गाउँपालिकामा किसानको लागि बजेट विनियोजन गरियो । गठबन्धन खासगरी काग्रेसले यो क्षेत्रको लागि के योजना हालेको छ, देखाइदिनुहोस् ।’
‘खार खलंगा सडक कालोपत्रे काम अघि बढेको छ । दुई वर्षभित्र विद्यूतीकरण पूरा हुन्छ । पर्यटकीय क्षेत्रमा बजेट विनियोजन गरेर काम भएको छ’ ठगुन्नाले भने । विकासको लागि जिल्लामा एमालेमात्रै भएको भन्दै चुनावमा मतदान दिएर अधुरा काम पूरा गर्न मत दिन उनले आग्रह गरे ।
विकासको ढोका खोलिसकेका छौ । एमाले अध्यक्ष केपीशर्मा ओलीले गत कात्तिक १८ मा चुनावीसभा गर्दै दार्चुलाबाटै विकासको ढोका खुला गर्ने बताइसक्नुभएको छ । दार्चुलाको मुख्य सडक महाकाली करिडोरले गति लिदैछ । तीनवर्षभित्र तिंकर नाका सडक पुर्याउने गरी काम अघि बढेको उनको भनाई छ ।

कयौं विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको कारण अलपत्र हुने अवस्थामा पुगेको भन्दै एमाले सरकारका पालामा सुरु भएका योजना पूरा गर्न पुन: एमालेलाई मतदान गरेर विजयी गराउन नौगाड गाउँपालिकाका आम जनसमुदायमा ठगुन्नाले आग्रह गरे ।

जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने, जिल्लाभित्र सडकको विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कामहरू गरिएको छ । विद्युतीकरण, टेलिफोन, पर्यटन क्षेत्रमा अघि बढेका कामहरु अघि बढाउनुछ । यो देशको विकासको सपना भएको पार्टी एमालेमात्रै भएको भन्दै उनले भने, राष्ट्यिता बलियो पार्न र विकासको लागि एमालेको विकल्प छैन् ।

यसैगरी नौगाड गाउँपालिकाको होपरिगाडमा भएको चुनावी आमसभामा बीस जना बढीले नेपाली काग्रेस परित्याग गरी नेकपा एमाललेमा प्रवेश गरेका छन् ।

एमाले प्रचार प्रकाशन विभाग प्रमुख खडक बडालका अनुसार मोहनसिंह महता,जनकसिंह महता,शेरसिंह महता, महेन्द्र ठेकरे,गंगा ठेकरे, धुमा ठेकरे,इश्वर महता, उजले बोहरा,विरबहादुर धामी,र इन्द्रसिंह धामीसहित बीस जनाले एमाले प्रवेश गरेका छन् ।




