‘विकास गर्ने र नगर्ने पार्टीको फैसला जनताले गर्नुपर्छ’ : एमाले नेता ठगुन्ना
पुर्व गाविस अध्यक्षसहित २० जना बढी एमालेमा प्रवेश
दार्चुला।नेकपा (एमाले) पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले गठबन्धन सरकार गठन भएपछि मुलुकमा विकासका काम ठप्प भएको बताउँदै विकासका काम गर्ने दल र उम्मेदवारलाई विजयी बनाएर पुन काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा अपिहिमाल र मार्मा गाउँपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका ४१ महिनामा विकासका कामले लिइरहेको गति र वर्तमान गठबन्धन सरकारका १६ महिनाको जनताले तुलना गरी कसले विकास गर्छ भन्ने कुरा बुझेर आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदान गर्नुपर्ने बताए ।
अहिले गठबन्धनले कुनै पनि काम गरेको छैन् । विकासकाम ठप्प छ । विकास बजेट कटौती गरेर अहिलेको गठबन्धनले आफ्ना आसपासे कार्यकर्ता पाल्ने काममा लागेको भन्दै यसको फैसला जनताले गर्नुपर्ने उनले बताए ।
यो क्षेत्रको पारिबगर खण्डेश्वरी सडकलाई रणनीतिक सडकको रुपमा अहिले कालोपत्रे भइरहेको भन्दै छिट्टै अपिहिमालसम्म सडक सञ्जालमा जोडिने बताए । दुई वटा मोटरवेल पुल निर्माण भइरहेको छ ।
आफुले विभिन्न क्षेत्रबाट सडकको लागि काम गरे कोही अहिले आफुले गरेको भन्दै प्रचार गर्ने गरेको भन्दै ठगुन्नाले भने, ‘प्रदेश संघका मन्त्रीले गरेको के छ प्रमाण जनतालाई दिनुपयो ।’
कयौं विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको कारण अलपत्र हुने अवस्थामा पुगेको भन्दै एमाले सरकारका पालामा सुरु भएका योजना पूरा गर्न पुन एमालेलाई मतदान गरेर विजयी गराउन जनसमुदायमा ठगुन्नाले आग्रह गरे ।


जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने, जिल्लाभित्र सडकको विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कामहरू गरिएको छ । विद्युतीकरण, टेलिफोन, पर्यटन क्षेत्रमा अघि बढेका कामहरु अघि बढाउनुछ । यो देशको विकासको सपना भएको पार्टी एमालेमात्रै भएको भन्दै उनले भने, ‘राष्ट्रियताबलियो पार्न र विकासको लागि एमालेको विकल्प छैन् ।’
पुर्व गाविस अध्यक्षसहित २० जना बढी एमालेमा प्रवेश
यसैगरी मार्मा गाउँपालिकाको लटिनाथमा भएको चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गरि नेकपा एमाललेमा प्रवेश गरेका छन् ।
एमाले प्रचार प्रकाशन विभाग प्रमुख खडक बडालका अनुसार बहादुरसिह ठगुन्ना पुर्व गाविस अध्यक्ष, राजेन्द्र भट्ट रमेश भट्ट, दिपक भट्ट, सुरेश भट्ट, गोविन्द विष्ट, जयन्ती विष्ट, रणबहादुर विष्ट, रमेश विष्ट, कलावती विष्ट, भागरती विष्ट नेकपा एमाले प्रवेश गरेका छन् ।

यस्तै प्रजापति भट्ट, रुकेश विष्ट, इन्द्रदेव विष्ट, अजुवा भट्ट, गणेश भट्ट, धर्मान्द भट्ट, नरेन्द विष्ट, लालबहादुर विष्ट, मानमति विष्ट र स्वतन्त्रबाट जितेन्द्रबहादुर विष्ट एमाले प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा ‘२’ का उम्मेदवार रामदत्त जोशी समानुपातिक उम्मेदवार दीपा बुढाथोकीले टिका लगाएर स्वागत गरेका छन् ।




