No.1 News Portal from Sudurpashchim Province
bajaj

मार्मा गाउँपालिकाका १३ जना सहित दार्चुलामा थप १६ जनामा कोरोना पुष्टि

गोकुलेश्वर। दार्चुलामा सोमवार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टीजेन परीक्षण तथा पीसीआर परीक्षणमा १६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।

pm office

पीसीआर परीक्षण गरिएका ११ जना र एन्टिजेन परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको उनले बताए। संक्रमण पुष्टि हुनेमा मार्मामा १३ जना, जिल्ला अस्पतालमा २ जना र खलंगा पुलघाटमा १ जना रहेका छन् । कोरोनाको दोस्रो लहर सुरुभएदेखि जिल्लामा संक्रमितको संख्या ३ सय ४९ पुगेको छ भने त्यसमध्ये ५० जना निको भइसकेका छन् । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ रहेको छ । आज थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए सँगै संक्रमण पुष्टि हुनेको संख्या ३ सय ४९ पुगेको छ । हाल सम्म  महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अपिहिमाल गाउँपालिकाका १ सय ६ जनामा, मार्मा गाउँपालिकामा ४० जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, व्याँस गाउँपालिकामा ६ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा, लेकम गाउँपालिकामा १७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, र दुँहु गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.