No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला गठबन्धन र एमाले कार्यकर्ता ‘लफडा’ : २ जना एमाले कार्यकर्ता धनगढी रिफर

गोकुलेश्वर। दार्चुलाको अपीहिमाल गाउँपालिका—५ ओखलमा बिहिबार (हिजो)  लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको लफडामा घाइते भएका २ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

घाइते भएका एमाले कार्यकर्ता शैल्यशिखर नगरपालिका—९ नायलका२५ वर्षिय सुरेश बादी र मार्मा गाउँपालिका—३का २८ वर्षिय बिरेन्द्र बिष्टलाई रिफर गरिएको हो ।

उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको एमाले दार्चुलाले जानकारी दिएको छ ।

pm office

लफडा हुँदा एमाले तर्फका २ र गठबन्धनका २ गरी ४ जना कार्यकर्ता घाइते भएका थिए ।

एमाले प्रदेश (ख)का उम्मेदवार रामदत्त जोशीसहितको टोली सवार गाडी गठबन्धनका कार्यकर्ताले रोकेपछि विवाद सुरु भएको थियो । 

ओखल क्षेत्रमा एमाले उम्मेदवारलाई कार्यक्रम गर्नमा समेत गठबन्धनका कार्यकर्ताले अवरोध गरेको प्रहरीले बताइएको छ ।

गठबन्धनका कार्यकर्ताले गुण्डागिर्दी शैलीमा झडप गर्न खोजेको र पराजित मानसिकता बोकेका गठबन्धनका कार्यकर्ताले भौतिक हमला गरेको एमाले पक्षको गुनासो छ ।

गठबन्धनका पक्षले भने एमालेले गठबन्धनका कार्यकर्ताहरूलाई आक्रमण गरेपछि प्रतिकार गर्न खोज्दा झडप भएको बताएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.