No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच ‘लफडा’ हुँदा ४ जना घाइते

गोकुलेश्वर।दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरुबीच लफडा भएको छ ।

जिल्लाको अपीहिमाल गाउँपालिका—५ ओखलमा लफडा हुँदा एमाले तर्फका २ र गठबन्धनका २ गरी ४ जना कार्यकर्ता घाइते भएका छन्।

pm office

घाइते हुनेमा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिका—९ का २५ वर्षिय सुरेश बादी र मार्मा गाउँपालिका—३का २८ वर्षिय बिरेन्द्र बिष्ट रहेका छन् ।

यस्तै गठबन्धनका तर्फबाट अपीहिमाल गाउँपालिका—६ का २० वर्षिय जहेन्द्र धामी सोही ठाउँका २५ वर्षिय जगत धामी रहेको दार्चुला प्रहरीले जनाएको छ।

एमाले प्रदेश (ख)का उम्मेदवार रामदत्त जोशीसहितको टोलीलाई गठबन्धनका कार्यकर्ताहरुले अवरोध गर्दा झडप भएको खुल्नमा आएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.