No.1 News Portal from Sudurpashchim Province
bajaj

मालिकार्जुनमा काँग्रेस र माओवादी परित्याग गरि ३१ जना एमालेमा

गोकुलेश्वर।दार्चुलामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र परित्याग ३१ जनाले एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार (आज) मालिकार्जुन गाउँपालिकामा भएको चुनावी सभामा ३१ जनाले नेकपा एमाले प्रवेश गरेका हुन् । अहिलेको अपवित्र गठबन्धन परित्याग गरि एमालेमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।

एमाले प्रचार विभाग प्रमुख खडक बडालका अनुसार मालिकार्जुनमा भएको चुनावीसभामा बहादुरसिह चैसिर, हिक्मतसिह चैसिर, दानसिह धामी, देवसिह सामन्त, पूर्व गाविस सभापति, मदनसिह धामी, धनसिह धामी नेकपा एमाले प्रवेश गरेका छन् ।

pm office

यस्तै मालिकार्जुन —४ का नेपाली काग्रेसका प्रचारप्रसार संयोजक महेशसिह धामी, गाउ कार्यसमिति सदस्य दानसिह धामी, रामसिह धामी, कल्यानसिह धामी, गोवद्र्धन लोहार, शोभा लोहार, गोमा लुहार, बेलमति लुहार, प्रकाश चन्द, दयाल ओझा, बहादुर राम पार्की, योगेश चन्द, लिला पन्त, मोती जोशी, गोपाल दत्त पन्त, जानकी पन्त, राजेन्द्र पन्त, कृष्ण पन्त, पुष्करराम लोहार, नन्दा देवी पार्की, रामसिह रावल नेकपा एमाले प्रवेश गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका वडा कमिटी उपाध्यक्ष मदनसिह धामी, सदस्य महेशसिह धामी, केशसिह धामी एमाले प्रवेश गरेको बडालले जानकारी दिए ।

नवप्रवेशीहरुलाई प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना र प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशीले टिका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.