गोकुलेश्वर। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले पक्का मन्त्री पाउने आश्वासन दिएका छन् ।

आज बुधवार दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दार्चुलामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबैलाई जिताउन मतदातालाई आग्रह गर्दै जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका हुन् ।
उनले भने, ‘गठबन्धन आजको आवश्यकता हो,दार्चुलामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबैलाई जिताएर पठाउनुहोस्,दार्चुलाले जनताले मन्त्री पाउँछ ।’



