गोकुलेश्वर. गठबन्धनका शिर्ष नेताहरु दार्चुलाको गोकुलेश्वर पुगेका छन् ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी आम सभालाई सम्बोधन गर्न आज गोकुलेश्वर पुगेका हुन्।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै यस्तो भने

(नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गरेका छन )
दार्चुलामाको गोकुलेश्वरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘केपी ओलीले होइन नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ कोही भ्रममा नपार्नुहोला म समेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो ।
केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन, प्रचण्डले भने।
नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको उनले बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप लगाए छन ।



