गोकुलेश्वर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपाल भोलि दार्चुला आउने भएका छन् ।
लोकतान्त्रिक –बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि शिर्ष नेताहरु दार्चुला आउन लागेका हुन् ।

बिहान ११ बजे दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर दिउँसो १ बजे बैतडीको पाटन कार्यक्रम जाने कार्यक्रम रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार एबं उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको र प्रदेशसभा सदस्य (२) सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादुर धामी क्षेत्र (१) मा नेपाली कांग्रेसका विक्रमसिह धामी साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन सहित चुनावी मैदानमा होमिएका छन् ।
यही कार्तिक १८ गते पाटनमै एमाले अध्यक्ष ओलीले एमालेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यसको एक हप्ता नबित्दै गठबन्धनका शीर्ष नेताहरु दार्चुला आउन लागेका हुन् ।
मतदाताहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि राजनीतिक दलहरुले चुनावी सभामा शीर्ष नेताहरुलाई बोलाउन लागेका हुन



