गोकुलेश्वर। जिल्ला प्रशासन कार्यालय दार्चुलाले मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए ।
जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै २०७९ कात्तिक २० गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म निषेध गरिएको छ ।
कोही कसैले सूचनाको पालना जगरी मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाएको छ ।



