No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी —६ को वडा कार्यालयमा तालाबन्दी

बैतडी। जिल्लाको डिलाशैनी गाउँपालिका—६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

आइतबार (आज) वडा कार्यालयमा कार्यरत नियुक्ति थप नभएका करार सेवाका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

असार महिना यता नियुुक्तिपत्र बिनै काम गरिरहेको बताउँदै उनीहरुले ८ महिना यताको तलव नपाएको बताएका छन् ।

आफ्ना मागको सुनुवाइ गर्नका लागि पटक–पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्याएको तर ती निकायबाट मागको सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको उनीहरुले बताएका छन् ।

pm office

वडा नम्बर ६ पशु सेवा प्राविधिक पदमा कार्यरत पुनम बिष्टले भनिन, ‘म २०७७ चैतमा करार नियुुक्त भए,गत फागुुनसम्म तलव पाएँ, त्यसयताको तलव पाइएन्, म संगैका अरु कर्मचारीहरुलाई पुुरानो मिति राखेर नियुुक्ति दिइयो मलाई दिइएन ।’

आफुसंग गत असार सम्मको नियुुक्ती पत्र भएको र नियुुक्तिपत्र भएको समयको समेत तलव नपाएको उनले बताइन् ।

आफुलाई हटाएको आधिकारिक पत्र नआएको विपद जोखीम व्यवस्थापनमा काम गरेका रुपेश बहादुर बोहराले बताए । उनले भने, ‘हामीलाई ८ महिना सम्म काम गरेको तलब दिनुपर्छ ।’

गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले नियुुक्ति बिनै काम गर्न नहुुने बताए । उनले भने, ‘हामीले आवस्यक कर्मचारी मात्रै राख्ने हो,एक वडा–एक प्राविधिक भन्ने निति पास गरेर सोहि अनुसार करार कर्मचारी राखेका छौँ,विगतमा अनावश्यक कर्मचारी थिए,उनिहरुमध्ये योग्यताका आधारमा सिनियर लाई राखेर जुुनियरको नियुुक्ति थप नगरिएको हो ।’

अझै पनि तिनीहरुलाई वार्तामा बोलाएर समस्यामा परेको भए सो विषयमा वार्ता गर्ने तर नियम विपरीत क्रियाकलाप कसैले गर्न नहुुने बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.