गोकुलेश्वर। दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकाले निषेधाज्ञाको समयमा पनि स्वास्थ्यकर्मी सहितको टोलीले घरघरमा पुगेर बिरामीहरुको स्वास्थ्य चेक जाँच कार्यक्रम संचालन गर्ने जनाएको छ ।

गाउँपालिकाको आयोजनामा गाउँपालिकाभरी रहेका पत्येक घरधुरीहरुमा पुगेर गाउँपालिकाले स्थानीय हरुको चेकजाँच गरी निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द्र मन्यालले जानकारी दिए।
निषेधाज्ञाका कारण अस्पतालसम्म पुग्न नपाई औषधि सेवन गर्न नपाएका, असहाय, अशक्त र नियमित उपचारबाट वञ्चित स्थानीयहरुलाई औषधि तथा चेकजाच गर्न लागिएको उनले बताए । कोरोना सङ्क्रमितलाई गाउँपालिकाले सञ्चालन गरेका आइसोलेसनमा तत्काल राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्थ गर्न लागिएको छ । उपचार गर्न जाँदा सङ्क्रमितलाई स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकामा कोरोनाको संक्रमणबाट बचाउन ३५ सैय्याको आइसोलसन बनाउने भएको छ ।
अपिहिमाल गाउँपालिकाले -३ मा १० तथा वडा नम्बर ५ मा ५ सैय्याको आइसोलेसन बनाउने भएको हो । स्थानीय कोभिड १९ संकट व्यवस्थापन समिति र सर्वपक्षीय बैठकले अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, २, ४ र ६ मा समान ५/५ व्याडको आइसोलेसन शैया बनाउने निर्णय गरेको अपि हिमाल गाउँपालिकाले जनाएको छ ।



