जितको आशीर्वाद थाप्दै पाल नेतृत्वको टोली पुर्चौडीमा उक्लियो
स्थानीय फूलमाला र अबिर लगाएर स्वागत गर्दै
गोकुलेश्वर। नेकपा (एमाले) का बैतडी प्रदेश सभा क्षेत्र (क) उम्मेदवार सुरेन्द्र पालसहितको टोली जनताको समस्या बुझ्न र घरदैलो अभियान अन्तर्गत पुर्चौडी नगरपालिका—६ भुमिराज तृकाली पुगेको छ ।

मूल प्रचार टोली पुर्चौडी—६ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरेका छन् । हामी यहाँ पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ उम्मेदवार पालले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’ अभियानमा उत्साहजनक सहभागिता रहेको एमालेले जनाएको छ ।

महिलादेखि वृद्धवृद्धासम्मले निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनले बताए । पाललाई भेटघाटको क्रममा युवादेखि वृद्धवृद्धासम्मले सम्मान गरिरहेका छन् ।


विकास र समृद्धिको अभियानसँगै राष्ट्रियताको संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रम एमालेकै नीति र कार्यक्रम अन्तरगत अगाडी बढिरहेको पालले बताए ।
सुशासन, विकास, समृद्धि र समावेशिताका लागि एमालेलाई विजयी गराउन पालले अनुरोध गरे । एमाले जिल्ला कमिटीका अध्यक्ष समेत रहेका पाल अनुभवी नेता हुन् ।

जिल्लाको विकासको लागि केही गरौँ भनेर आफु पहिलो पटक चुनावमा होमिएको उनको भनाई छ । ‘मेरो कमाउनु केही छैन्, निर्वाचित भएपछि जनताहरुकै लागि काम गर्छु’ उनले भने, ‘यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ ।’ आफूले अधुरा काम पुरा गर्नुका साथै सिंगो प्रदेशसभा क्षेत्र (क) को विकासका लागि दिलो ज्यान लगाएर काम गर्ने पालले प्रतिवद्धता जनाए ।
आसन्न मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा सबै उम्मेदवार प्रचारप्रचारमा व्यस्त छन् ।



