गोकुलेश्वर । दशैँतिहारमा पनि नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी, प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी घरदैलो अभियानमै व्यस्त छन् । सबैलाई तिहारले छोइसक्दा पनि एमालेका नेतृत्व भने जनतासँगै तिहारमा व्यस्त छन् । उनीहरुले तिहारमा मतदातासँगै तितहार मनाउने भएका छन ।

मंगलबार ठगुन्नाको टोली शैल्यशिखर नगरपालिका १ बलाँचमा भेटघाट गरेको छ । शैल्यशिखरमा भएको कार्यक्रममा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि २० जनाले नेकपा एमाले प्रवेश गरेको एमाले नेता लालबहादुर विकले जानकारी दिनुभयो । यस्तै प्रदेश सभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिका वडा नम्बर ६ मा घरदैलो गरेको छ ।
नेकपा एमाले प्रदेश समानुपातिक उम्मेदवार दीपा बुढाथोकी नेतृत्वको टोली नौगाड गाउँपालिका सिप्टी हुँदै मार्मा गाउँपालिका वडा नम्बर ६ मौरे भेटघाटमा व्यस्त रहेको नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ ।



