गोकुलेश्वर । बैतडीको दोगडाकेदार गाउपालिका–१ रिम (गोरङ) का प्रकाश बि.क कि २ बर्षीय छोरी प्रतिभा बि.कको किड्निमा समस्या देखिएको छ ।
बिगत १ महिना देखि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तर त्यहाँ उपचार सम्भव नभएपछि अन्तै रिफर गर्नु पर्ने डाक्टरले बताएको छ ।

आर्थिक अवस्था एकदमै कमजोर भएका बि.कले आर्थिक सहयोग गरिदन आग्रह गर्दै उनले भने–‘नानुको स्वास्थ्य जोगिन सक्छ, तसर्थ सम्पुर्णमा सक्दो सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

सहयोगका लागि बिरामीका बुवा प्रकाश बि.क सम्पर्क–9848984620 Account holder–Prakash Bk 107010005975



