No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीवासी भन्छन् : ‘सुरेन्द्र पाललाई भोट हाल्छौ’

जनतामा छुट्टै आशाको किरण पलायो

गोकुलेश्वर।नेकपा (एमाले) बैतडी प्रदेश सभा (क) का उम्मेदवार सुरेन्द्र पाल नेतृत्वको टोलीले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

सोही क्रममा एमाले डिलाशैनी गाउँकमिटी इन्चार्ज अक्कल राना,डिलाशैनी गाउँपालिकाका निर्वतमा अध्यक्ष उकेन्द्र बोहरा लगायतको टोलीले डिलाशैनी—४ र ७ को पहिलो चरणकोे चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।

डिलाशैनी—४र ७ का जनताले प्रदेशको चुनावमा स्थानीय नेतालाई भोट हाल्न मिल्ने अवसर जुटेकोले निक्कै उत्साहित भएको बताएका छन् । महिलादेखि वृद्धवृद्धासम्मले स्थानीय नेता सुरेन्द्र पाललाई नै निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएका छन् । जनतामा छुट्टै आशाको किरण पलाएको छ । डिलाशैनीवासीले उनलाई भोट हाल्ने प्रतिबद्धता समेत जनाएका छन् ।

डिलाशैनी—४ का स्थानीहरुले प्रदेशमा (क) सुरेन्द्र पाललाई नै मत दिने बताएका छन् । एक स्थानीयले भने, ‘उनी हाम्रो गाउँठाउँको मान्छे हुन्,आफ्नै गाउँठाउँको मान्छेलाई भोट हाल्न छोडेर अन्यलाई भोट दिन सुहाएन,म लगायत मेरो नजिकका सबैले भोट दिन्छौ,विजयी गराएरै छोड्छौं ।’

pm office

डिलाशैनी—७ का अधिकांस जनताहरुले डिलाशैनीको पालिका केन्द्र धामीगाउँ हुनदिनमा उनले गडबड गरेको आरोप लगाएका छन् । पालिकाको केन्द्र पहिले नै धामीगाउँमा हुनुपर्नेमा उनकै कारणले गर्दा नभएको भन्ने सुनेको बताएका छन् ।

एक स्थानीयले भने,’पालिकाको केन्द्र पहिले केन्द्र सरकारबाट डिलाशैनी —७ धामीगाउँमा तोकिएको थियो,उनले धामीगाउँ पालिकाको केन्द्र हुनदिनमा चलखेल गरेको भन्ने सुन्नमा आयो,यो विषयमा के थियो?, उनले डिलाशैनी—७ मा आएर प्रस्ट पार्नुपर्छ,उनी हाम्रौ गाउँठाउँका मान्छे भएकाले घरको मान्छे छोडेर पराइलाई भोट हाल्दैनौं ।’

यसैगरी अर्का स्थानीयले भने,’पालजीले हामीहरुको मनमा रहेको खुल्दुलीबारे प्रस्ट पार्नुपर्छ,भोट दिने सवालमा हामी पछि हट्दैनौं,उनलाई नै दिन्छौ,आफ्नै गाउँठाउँको उम्मेदवारलाई भोट दिनु हाम्रो कर्तव्य हो ।’

डिलाशैनीका जनताहरुले मेरो कुरा सुन्न नपाएको र एकर्तफी विभिन्न खाले कुरा सुनेर अहिले गलत भएको सुरेन्द्र पालले बताए । उनले डिलाशैनी जनताको सामु आएर सत्य,तथ्य कुरा जानकारी गराउँने बताका छन् । उनले भने, ‘म चुनावी अभियानमा सुर्नया छु,अब २,३ दिनमै डिलाशैनीमा घरदैलो अभियानमा आएर म माथि लगाएका सबै आरोपहरुको खण्डन गरि आम डिलाशैनीवासीहरुमा सत्य,तथ्य बताउँछु ।’ डिलाशैनीको विकाशका लागि सधै लागि परेको उनले बताए ।

एमाले जिल्ला कमिटीका अध्यक्ष समेत रहेका पाल अनुभवी नेता हुन् । जिल्लाको विकासको लागि केही गरौँ भनेर आफु चुनावमा होमिएको उनको भनाई छ । ‘मेरो कमाउनु केही छैन्, निर्वाचित भएपछि जनताहरुकै लागि काम गर्छु’ उनले भने, ‘यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.