No.1 News Portal from Sudurpashchim Province
bajaj

पत्रकार कुँवरले पाएनन् पारिश्रमिक, प्रचलित कानुनअनुसार अघि बढ्ने भनाई

दार्चुला । बैतडी जिल्लाको दशरथचंन्द नगरपालिका–४ गढीमा अवस्थित मित्रसंघ संस्थाद्धारा संचालित सामुदायीक रेडियो सौगात एफएममा बिगत डेढ बर्षदेखि काम गर्दे आएका पत्रकार अंकित कुँवरले आफ्नो पारिश्रमिक नपाएको बताए ।

डेढ वर्षको अवधिसम्म उनले काम गका थिए । उक्त अवधिमा डेढ महिनाको आफ्नो पारिश्रमिक नपाएको उनले बताए ।

बारम्बार बाँकी रकम चुक्ता गरिदिन उनले सामाजिक संञ्जाल म्यासेन्जरबाट मित्र संघका अध्यक्ष तथा मिडिया प्रशासन प्रमुख बाशुदेब भट्टलाई आग्रह गर्दे आएका थिए तर आश्वासनबाहेक केही पाएनन् । मिडिया प्रसाशनले बाँकी रकम दिन्न पनि भनेको छैन । बाँकी रकम दिएको पनि छैन ।

विगत लामो समय देखि इमान्दारी पूर्वक श्रमजिवी पत्रकारको रुपमा काम गर्दै आएको पीडित पत्रकार कुँवरले बताए ।

pm office

‘अरुलाई प्रश्न गर्ने मिडिया आफैं ठूलो प्रश्नचिन्हमा रहनु उचित नहुने बताउदै उनले भने–‘मैले बि.सं २०७७ पौष २० गते देखि सौगात एफ.एममा काम गर्दे आएको हुँ, विगतको समयदेखी काम गरेको भएता पनि मिति २०७९ साल असार ६ गते बिभिन्न कारणले मिडिया र मेरो आफ्नै सहमतिमा काम छोडेको थिएँ मैले पाउने पारिश्रमिक डेढ महिनाको तलब पाएको छैन ।

श्रमजीवी पत्रकार सम्बन्धि ऐन लागु हुने सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार सम्बन्धि ऐन तथा प्रचलित श्रम ऐनले तोकेको कानुनी आधारमा मात्र चल्नु पर्ने हुन्छ ।

श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ तथा श्रमजीवी पत्रकार सम्बन्धी नामावाली, २०५३ ले तोकेको न्यूनतम् कानूनी सुविधाबाट बञ्चित गरिएको छ ।’

अन्यथा प्रचलित कानुनअनुसार अघि बढ्ने समेत उनले बताए ।

यो बिषयमा थप बुझ्नका लागि सौगात एफएमका संञ्चालक बाशुदेब भट्टको ब्यक्तिगत नम्बर ९८४८७२९७६० र कार्यलयको नम्बर ०९५५२०६१२ मा फोन गर्दा उठेन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.